PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

साझा पार्टीद्वारा काठमाडौँको मेयरमा थापा र उपमेयरमा यादवको उम्मेद्वारी दर्ता



पहिलोपोस्ट

साझा पार्टीद्वारा काठमाडौँको मेयरमा थापा र उपमेयरमा यादवको उम्मेद्वारी दर्ता

काठमाडौँ : रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टीले काठमाडौँ महानगरपालिकाको मेयरमा पूर्व सचिव किशोर थापाको उम्मेद्वारी दर्ता गरेको छ। पार्टीले उपमेयरमा निरुपमा यादवको नाम दर्ता गराएको छ।

साझा पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा थापा र रावको उम्मेद्वारी दर्ता गरेको हो। दर्ता कार्यक्रममा पार्टीका अन्य नेताहरु समेत उपस्थित थिए। 

साना दलहरुले मनोनयन गरे पनि ठूदा दलका तर्फबाट अहिलेसम्म उम्मेद्वार नै टुंगो लागेको छैन। निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell