PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

बाहुबलीका भल्लाल देव जो एउटा मात्र आँखाले देख्छन्



पहिलोपोस्ट

बाहुबलीका भल्लाल देव जो एउटा मात्र आँखाले देख्छन्

फिल्म बाहुबली र बाहुबलीका पात्रहरुले एकपछि अर्को गर्दै सस्पेन्स उजागर गर्दै छन्। कटप्पाले बाहुबलीलाई किन मार्‍यो? भन्ने प्रश्नको जवाफ त फिल्मले नै दियो। फिल्मको मुख्य पात्र भल्लाल देव बारे अर्को तथ्य सार्वजनिक भएको छ। रियल लाइफका राना दग्गुबतीले आफ्नो एउटा मात्र आँखाले देख्ने बताएका हुन्।

बिबिसी हिन्दीले जनाए अनुसार रानाले आफ्नो बायाँ आँखा मात्र देख्न सक्छन्। दर्शकहरुलाई चकित बनाउने खबर बारे राना भन्छन्,'पहिले मलाई एउटा आँखा नदेख्नु समस्या हो जस्तो लाग्थ्यो तर अहिले मैले यो सत्यलाई स्विकारी सकें र म यही यथार्थसँग खुसी छु।'

भल्लाल देवका रुपमा नकारात्मक भूमिका निभाएका उनको परिचय नै फिल्मको पात्रको रुपमा स्थापित भएको छ। जसका कारण असल जिन्दगीमा पनि उनलाई भल्लाल देव भनेर चिन्ने धेरै छन्। यस विषयमा चित्त नबुझेको जनाउँदै उनले भने,'रिल र रियलको मेरप चरित्र ठ्याक्कै उल्टो छ। म न फिल्ममा जस्तो लोभी छु न कतैको राजा बन्न चाहन्छु। जस्तो छु ठिक छु।'

राजामौली निर्देशित बाहुबलीको दुबै संस्करणमा अभिनय गरेका उनले स्क्रिप्ट पढ्दा नै फिल्मले इतिहास रच्ने अनुमान गरेको समेत जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell