PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सिमरामा बन्यो ५० शैयाको अल्पाइन अस्पताल, एक सातापछि सञ्चालनमा आउने



राधेश्याम पटेल

सिमरामा बन्यो ५० शैयाको अल्पाइन अस्पताल, एक सातापछि सञ्चालनमा आउने

वीरगंजः बाराको सिमरामा एक सातापछि ५० शैयाको निजी अस्पताल सञ्चालनमा आउने भएको छ। अस्पतालमा सिमराका व्यावसायी शिवकुमार शर्माको लगानी रहेको छ।
उनले अस्पताल सञ्चालनका लागि करिब १५ करोड रुपैयाँ लगानी गरेको बताए। बाराको जितपुर, सिमरा, पथलैया, निजगढ, अमलेखगञ्ज क्षेत्रका बासिन्दाका लागि सिमरा आसपासमा कुनै स्तरीय अस्पताल नभएकाले आफूले सेवामूलक व्यावसायमा लगानी गरेको उनले बताए।

तीन तले  भवनमा सञ्चालनमा आउन लागेको अस्पतालमा ५२ वटा कोठा हुनेछन्। यसअघि दुई वर्ष अघि जितपुरमा सञ्चालित सेन्ट्रल नेपाल हस्पिटल एण्ड रिसर्च सेन्टर अस्पताल कमजोर व्यवस्थापनका कारण बन्द भएको थियो।

अस्पतालमा वीरगंज, हेटौडा, भरतपुर र काठमाडौंबाट अनुभवी चिकित्सक ल्याउने अस्पताल व्यवस्थापनले  योजना बनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell