PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

रामकृष्ण ढकालको 'सारङ्गीको तार'मा रीमा विश्वकर्मा



पहिलोपोस्ट

रामकृष्ण ढकालको 'सारङ्गीको तार'मा रीमा विश्वकर्मा

काठमाडौं: गायक रामकृष्ण ढकालको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। 'सारङ्गीको तार' बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो।

भुवन शर्मा कंडेलको शब्द रहेको गीतमा बिशाल ढकालले संगीत रहेको छ। सार्वजनिक भिडियोमा नायिका रीमा बिश्वकर्मा र धुर्ब केसीको अभिनय रहेको छ। चितवनका युवा व्यवसायी केसीको यो डेब्यु भिडियो हो। भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन्।

नरेन्द्र सिंहले खिचेको भिडियो चितवन र नवलपरासीमा छायांकन गरिएको छ। 'गीतलाई दर्शक स्रोताले मन पराउनु हुन्छ भन्ने विश्वास रहेको छ', गायक ढकालले भने।

हेर्नुस् भिडियो: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell