PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

फोटोमा हेर्नुस् काठमाडौं महानरगपालिकाको उम्मेदवारी दर्ता कार्यक्रम

फोटोमा हेर्नुस् काठमाडौं महानरगपालिकाको उम्मेदवारी दर्ता कार्यक्रम

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि आज उम्मेदवारी मनोनय भइरहेको छ। 

काठमाडौं महानरपालिकाको लागि मेयरमा उम्मेद्वारी दिनेको क्रम जारी छ। अहिलेसम्म साझा पार्टीबाट किशोर थापा, विकेकशिल पार्टीबाट रन्जु न्यौपाने, स्वतन्त्रबाटै विनोद कुमार क्षेत्रीले काठमाडौं महानगरपालिका मेयरका लागि उम्मेदवार दर्ता गारइकसेका छन्। 
  • किशोर थापा, स्वतन्त्र (साझा पार्टी)
  • बिनोदकुमार क्षेत्री, स्वतन्त्र
  • रञ्जु न्यौपाने, स्वतन्त्र (विवकेशिल नेपाली)
  • सुरेन्द्रप्रसाद ढकाल, देशभक्त पर्यावरणिय सामाजिक मोर्चा
  • अमोट महर्जन, स्वतन्त्र
उमपेयर
  • जेनिशा भट्टराई, स्वतन्त्र
  • निरुपमा याादव, स्वतन्त्र (साझा पार्टी)

वैशाख १६ गते नै मनोनयनको पूर्वनिर्धारित कार्यतालिका भए पनि राजनीतिक दलहरुबीच दुई चरणमा निर्वाचन गर्न भएको सहमति अनुसार मनोनयन सरेको थियो। 

निर्वाचन आयोगको कार्यतालिका अनुसार आजै साँझ साढे ५ बजे मनोनयन भएका उम्मेद्वारको सूची प्रकाशन हुनेछ। उम्मेद्वारविरुद्ध दाबी विरोध र उजुरीका लागि मंगबार विहान १० बजेदेखि १ बजेसम्मको समय दिइएको छ।

मनोनयनको जाच गर्ने काम मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयले मंगलबार नै सम्पन्न गरी उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्नेछ। नाम फिर्ता लिन चाहने उम्मेद्वारलाई पनि मंगलबार कार्यालय समयसम्मको अवधि तोकिएको छ।

मनोनयनसँगै स्वतन्त्र हैसियतमा चुनाव लड्ने दल र व्यक्तिहरुको चुनाव चिन्हको समेत तय हुनेछ। चुनाव चिन्ह भने निर्वाचन आयोगले २२ गतेमात्र प्रदान गर्नेछ। 

पहिलो चरणको निर्वाचन वैशाख ३१ गते तीन प्रदेशका ३४ जिल्लामा हुनेछ। 

उम्मेदवार दर्ताका क्रममा प्रदर्नशनीमार्गस्थित राष्ट्रिय सभागृहमा पहिलोपोस्टका इलिट जोशीले खिचेको फोटो :
 
 


ट्रेन्डिङ पोस्ट

Ncell