PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

कांग्रेसले काठमाडौँको मेयरमा राजुराज जोशीलाई उम्मेद्वार तोक्यो, एमाले अझै परामर्शमा 



पहिलोपोस्ट

कांग्रेसले काठमाडौँको मेयरमा राजुराज जोशीलाई उम्मेद्वार तोक्यो, एमाले अझै परामर्शमा 

काठमाडौँ : नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको मेयरमा राजुराज जोशीलाई उठाउने निश्चित गरेको छ। यस्तै, उपमेयरमा हरिप्रभा खड्गीको नाममा सहमति गरेको छ। मेयरका उम्मेद्वार जोशी उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाजु हुन्। 

मंगलबार बिहानदेखिको आन्तरिक परामर्शपछि कांग्रेसले काठमाडौँको मेयर र उपमेयरको उम्मेद्वारको टुंगो लगाएको हो। 

नेकपा एमालेले भने महानगरको उम्मेद्वारमा अझै सहमति जुटाउन सकेको छैन। 

बिहान १० बजेदेखि सुरु भएको मनोनयनमा अहिलेसम्म चार जनाको मेयरमा उम्मेद्वारी दर्ता भएको छ। जसमा किशोर थापा, रञ्जु न्यौपाने, भरतबहादुर बिसुराल र जेनिशा भट्टराई, र विनोदकुमार क्षेत्रीले मनोनयन दर्ता गरेका हुन्।

थापा साझा पार्टी र न्यौपाने विवेकशील नेपालीका तर्फबाट उम्मेद्वार भएका हुन्। बिसुराल र भट्टराई स्वतन्त्र उम्मेद्वार हुन्। 

फोटो : जाेशीको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell