PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

फिल्म 'पञ्चायत'को टिजर सार्वजनिक



पहिलोपोस्ट

फिल्म 'पञ्चायत'को टिजर सार्वजनिक

काठमाडौं: पञ्चायत कालको कथामा आधारित फिल्म 'पञ्चायत'को टिजर सार्वजनिक भएको छ। सोमबार फिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो। निर्देशकका अनुसार फिल्ममा देख्न सकिने दृश्यलाई टिजरमा समेट्ने प्रयास गरेको निर्देशकले बताए।

फिल्ममा गाउँले परिवेशको कथा देख्न सकिन्छ। फिल्ममा सरोज खनाल र नीता ढुङगानाको मुख्य भूमिकामा रहेको छ। रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ आदीको पनि अभिनय रहेको छ।

फागुनमा रिलिज टार्गेट गरेको ‘पञ्चायत’लाई रवि अधिकारी, गणेश गिरी, सुशान्त श्रेष्ठ र शंकर सुवेदीले संयुक्त रुपमा निर्माण गरेका हुन्। शिवम अधिकारीको निर्देशन रहेको फिल्ममा टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell