PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

भरतपुर महानगरपालिकाको मेयरमा दिनेश कोइराला उम्मेदवार



पहिलोपोस्ट

भरतपुर महानगरपालिकाको मेयरमा दिनेश कोइराला उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसले भरतपुर महानगरपालिकामा पनि मेयर र उपमेयरको उम्मेदवारको टुङ्गो लगाएको छ।
 
कांग्रेस शीर्ष नेताहरुको बैठकबाट मेयरमा दिनेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उपमेयरमा भने पार्वती शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
 
सहमतिमा प्रस्ताव पठाउन सकेमा जिल्लाबाटै उम्मेदवारको टुङ्गो लाग्ने भएपनि फरक फरक गुटको स्वार्थका कारण तीनजनाको नाम सिफारिस भएपछि शीर्ष नेताहरुको बैठकबाट उम्मेद्वारको टुंगो लगेको हो।

कोइरालाले कांग्रेस चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङ र अर्का प्रत्यासी मिलनबाबु श्रेष्ठलाई पछि पार्दै टिकट हात पार्न सफल भएका हुन्। 

चितवन कांग्रेसले भरतपुर महानगरका उम्मेदवारका प्रत्यासी व्यवस्थापन गर्न नसकेपछि ३२ जनाको नाम केन्द्रमा पठाएको थियो।

(फोटो : कोइरालाको फेसबुक)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell