
ललितपुरः निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउन जाँदा उम्मेदवारका साथै उसका समर्थक र प्रस्तावकले नागरिकता प्रमाणपत्र सँगै लैजानुपर्ने व्यवस्था छ। उनीहरुले नागरिकता प्रमाणपत्र सँगै नलैजाँदा मनोनयन दर्ता हुन्न।
यस्तै भयो ललितपुर महानगरपालिकाका नेकपा माओवादी केन्द्रकातर्फबाट मेयर र उपमेयरका प्रस्तावक र समर्थकले नागरिकता प्रमाणपत्र नलैजाँदा उनीहरुको मनोनयन केहीबेर रोकिएको छ।
मेयरका उम्मेदवार दिनेश महर्जनका प्रस्तावक र समर्थक रमेश महर्जन र राजन महर्जन तथा उपमेयरकी उम्मेदवार मञ्जली शाक्यका प्रस्तावक र समर्थक राम महर्जन र लक्ष्मण महर्जनले नागरिकता प्रमाणपत्र सँगै नलैजाँदा मनोनयन दर्ता गराउन गएका अन्य दलका उम्मेदवारहरु पनि केहीबेर अलमलमा परेका थिए। उनीहरुको उम्मेदवारी दर्ता गराउन पार्टीकी प्रवक्ता पम्फा भुसाल गएकी थिइन्।