PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

एमाले-राप्रपा चुनावी तालमेल प्रयास, कमल थापाले भने : कुरो मिलेन



पहिलोपोस्ट

एमाले-राप्रपा चुनावी तालमेल प्रयास, कमल थापाले भने : कुरो मिलेन

काठमाडौं : उम्मेदवार मनोनयन गर्ने हतारोका बीच नेकपा एमाले र राप्रपाबीच उपत्यकाका दुई महानगरपालिकामा तय हुन लागेको चुनावी तालमेलमा निर्णय हुन सकेन। चुनावी तालमेलका लागि राप्रपाका अध्यक्ष कमल थापा र दीपक बोहरा एमाले संसदीय कार्यालय पुगेका थिए।

एमाले अध्यक्ष केपी ओलीसँग काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा चुनावी तालमेल गर्ने विषयमा छलफल भएको थियो।

'छलफल भयो तर कुनै औपचारिक निर्णय भएको छैन,' छलफलपछि कमल थापाले भने, 'कुरा मिलेन।'

छलफल लगत्तै एमालेले उम्मेदवार चयनका लागि आफ्नो बैठक जारी राखेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell