PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

प्राधिकरणद्वारा प्राचीन बस्तीको संरक्षणका लागि सुझाव दिन कार्यदल गठन



पहिलोपोस्ट

प्राधिकरणद्वारा प्राचीन बस्तीको संरक्षणका लागि सुझाव दिन कार्यदल गठन

काठमाडौंः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका प्राचीन बस्तीहरुको सम्पदा संरक्षण तथा व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ।  

प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको प्राधिकरणको ६२ र्आैं कार्यकारी समितिको वैठकले काठमाडौंको साँखु, ललितपुरको खोकना र बुङमतीका प्राचीन बस्तीहरुमा त्यस्ता सम्पदाको संरक्षण तथा व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो। कार्यदललाई सुझावसहितको प्रतिवेदन दिन १५ दिनको समय दिइएको छ।

कार्यकारी समिति सदस्य ध्रुवप्रसाद शर्माको संयोजकत्वमा सदस्य डा. हरिराम पराजुलीसमेत छन्। कार्यदलले प्राचीन बस्तीहरुको सम्पदा तथा व्यवस्थापनका लागि गर्न सकिने उपायसहितको प्रतिवेदन प्राधिकरणलाई बुझाउनेछ।

कार्यदलको सुझावका आधारमा प्राधिकरणको कार्यकारी समितिले थप नीतिगत निर्णय गर्ने प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले बताए। 

प्राधिकरणले यसअघि पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि केही समय लाग्ने भएकाले तत्काल त्यस्ता संरक्षनालाई बाह्य वातावरणीय प्रभाव हावाहुरी, घाम पानीबाट थप क्षति हुन नदिने गरि व्यवस्था मिलाउन सरोकारवाला निकायलाई निर्देशन दिइसकेको छ। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell