PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

मतदाता सूचीमा नाम भेटिएन, माओवादी केन्द्रको उपमेयर प्रत्यासी अलपत्र



पहिलोपोस्ट

ललितपुर : ललितपुर महानगरपालिकामा उप मेयरको उम्मेदवारी गर्दा गराउन पुगेकी मञ्जरी शाक्य आफ्नो नाम मतदाता नामावलीको सूचीमा नभेटेर हैरान भएकी छिन्।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी गर्दा गर्न पम्फा भुषालसँगै पुगेकी उनको नाम मतदाता सूचीमा भेटिएन। उम्मेदवार बन्ने योग्यताको प्रमुख आधारमा सम्बन्धित निकायको वडाबाट मतदाता सूचीमा नाम अनिवार्य रहनुपर्छ।

उनको नाम फेला नपरेपछि उनका बाबु र आमा दुवैको नामबाट सूचीमा उनको नाम निर्वाचन कार्यालयका कर्मचारीले खोजेका थिए। सूचीमा उनको नाम नभेटिएपछि उनको दर्ता तत्कालका लागि अलपत्र परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell