PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

माला लगाएर गएकी मञ्जु आउट, उपमेयर उम्मेदवारीमा हसिनाको इन्ट्री



सविन ढकाल

माला लगाएर गएकी मञ्जु आउट, उपमेयर उम्मेदवारीमा हसिनाको इन्ट्री

ललितपुर : मतदाता सूचीमा नै नरहेकी मञ्जु शाक्यलाई माला लगाएर उम्मेदवारी दर्ता गर्न पुगेका नेकपा माओवादी केन्द्रले उनको माला हसिना शाक्यको गलामा लगाइदिएका छन्।

पम्फा भुषालसहित ललितपुर महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दर्ता गर्न जाँदा मञ्जुको नाम भोटर लिस्टमा नै भेटिएन। निर्वाचन कार्यालयका कर्मचारीले उनको नाम पटक पटक खोजे पनि भेटेनन्।

निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएलगत्तै माओवादी केन्द्रले उनको टिकेट अर्की उम्मेदवार हसिना शाक्यलाई दिएको छ। माला लगाएर उम्मेदवारी दर्ता गर्न पुगेकी मञ्जु माला फुकालेर फर्केकी छिन् भने अप्रत्यासित रुपमा हसिनालाई टिकेट हात लागेको छ।

'भोटर लिस्टमा नाम नभएकाले उम्मेदवार परिवर्तन गरिएको हो,' प्रतिक्रिया दिँदै पम्फा भुषालले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell