PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

अन्तत: काठमाडौं र ललितपुरमा एमाले-राप्रपा एकता



पहिलोपोस्ट

अन्तत: काठमाडौं र ललितपुरमा एमाले-राप्रपा एकता

काठमाडौं : अघिल्लो सरकारका सत्ता साझेदार नेकपा एमाले र राप्रपाबीच काठमाडौं र ललितपुर महानगरपालिकाको निर्वाचनमा चुनावी एकता हुने भएको छ। नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले स्थानीय तहको निर्वाचनमा दुई महानगरपालिकामा एकता हुने तय भएको पुष्टि गरे।

दुवै महानगरमा एमालेले मेयर र राप्रपाले उपमेयर पदमा सहकार्य गर्न लागेका हुन्। एमालेबाट विद्यासुन्दर शाक्य काठमाडौंमा मेयरका उम्मेदवार हुनेछन् भने राप्रपाबाट यो समाचार तयार पारुन्जेलसम्म उपमेयर चयन भइसकेको छैन।

आजै राप्रपा अध्यक्ष कमल थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एमाले संसदीय दलको कार्यालयमा छलफल भएको थियो। छलफललगत्तै थापाले चुनावी सहकार्यको विषयमा छलफल भए पनि सहमति नभएको बताउँदै बाहिरिएका थिए
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell