काठमाडौँ: नेपाली कांग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मुलुकका चारवटै महानगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार चयन गरेको छ।
दुई दिनदेखि जारी कांग्रेस पदाधिकारी, पूर्व पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले सबै महानगरपालिकाका मेयर र उपमेयर पदमा उम्मेदवार चयन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए।
पार्टीले काठमाडौँ महानगरपालिकाको मेयरमा राजुराज जोशी र उपमेयरमा हरिप्रभा खड्की, पोखरा महानगरपालिकाको मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङ, भरतपुर महानगरपालिकाको मेयरमा दिनेश कोइराला र उपमेयरमा पार्वती शाह तथा ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन र उपमेयरमा गीता सत्यालको टुङ्गो लगाएको छ।