ललितपुरः स्थानीय तहको निर्वाचनका लागि ललितपुरका दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख तीन दलले आफ्ना उम्मेदवारी दर्ता गराएका छन्।
गोदावरी नगरपालिमा नेपाली काँग्रेसले गजेन्द्र महर्जन, नेकपा एमालेले श्याम सिलवाल र नेकपा माओवादी केन्द्रले गोविन्द महर्जनलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ।
त्यसैगरी नगर उपप्रमुखमा काँग्रेसले मुना अधिकारी कुँवर, एमालेले तारा सञ्जेल र माओवादी केन्द्रले सीता घिमिरेलाई उम्मेदवार बनाएको छ।
यस्तै, महालक्ष्मी नगरपालिकामा कांग्रेसले महेश खड्का, एमालेले रामेश्वर श्रेष्ठ र माओवादी केन्दले शिव कट्टेललाई नगर प्रमुखकको उम्मेदवार बनाएको छ । उपप्रमुखमा कांग्रेसले लक्ष्मी श्रेष्ठ, एमालेले निर्मला थापा र माओवादी केन्द्रले लक्ष्मी सिंह महर्जनलाई उम्मेदवार बनाएको छ।
यसैगरी, वाग्मती गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेसले वीरबहादुर लोप्चन, एमालेले दुर्गा घिमिरे र माओवादी केन्द्रले राजु आलेमगरलाई उम्मेदवार बनाएको छ। उपाध्यक्षमा काँग्रेसले रञ्जना तिमिल्सिना, एमालेले डोलकुमार सिँतान र माओवादी केन्द्रले कमला थापामगरलाई उम्मेदवार बनाएको छ।
कोञ्ज्यो गाउँपालिकाको अध्यक्षमा काँग्रेसले राजन घिमिरे, एमालेले कृष्णमान लामा र माओवादी केन्द्रले गोपी सिँतानलाई उम्मेदवार बनाएको छ। उपाध्यक्षमा काँग्रेसले लक्ष्मीमाया लोप्चन, एमालेले सुष्मिता दुलाल घिमिरे र माओवादी केन्द्रले मिग्मा लामालाई उम्मेदवार बनाएको छ।
यस्तै, महाङ्काल गाउँपालिकाको अध्यक्षमा काँग्रेसले भीमसेन घिमिरे, एमालेले रामचन्द्र दाहाल र माओवादी केन्द्रले बुद्ध नेगीलाई उम्मेदवार बनाएको छ। उपाध्यक्षमा काँग्रेसले सुशीला अधिकारी, एमालेले कमला तामाङ र माओवादी केन्द्रले बिमला आचार्यलाई उम्मेदवार बनाएको छ।रासस