PahiloPost

Mar 26, 2026 | १२ चैत्र २०८२

'बाहुबली २' को धमाकेदार पहिलो साता, अझै कति टिक्ला दर्शकको फ्लो?



पहिलोपोस्ट

'बाहुबली २' को धमाकेदार पहिलो साता, अझै कति टिक्ला दर्शकको फ्लो?

फिल्म 'बाहुबली : द कन्क्लुजन'ले प्रदर्शनमा आएको ५ दिनमा विश्वव्यापी रुपमा छ सय करोडमाथीको ग्रस कलेक्शन गरको छ। हिन्दी फिल्मको इतिहासमा बाहुबलीले छोटो समयमा विश्वव्यापी अत्याधिक ग्रस कलेक्शन गर्ने फिल्मको रेकर्ड बनाएको छ। यसअघि कुनै पनि हिन्दी फिल्मले पहिलो साता भित्र पाँच सय करोड माथीको व्यवसाय गरेको थिएन।

इन्डियन एक्सप्रेसले फिल्मको बक्स अफिस अपडेट उल्लेख गरेको छ। फिल्मले देश भित्रबाट चार सय नब्बे करोडको व्यवसाय गरेको हो भने ओभरसिज एक सय पैतिस करोडको व्यापार गर्योय। फिल्म विश्लेषक तरुण आदर्शका अनुसार बाहुबलटी दुईको हिन्दी भर्सनले सोमबार नै सबै बलिउड फिल्मको रेकर्ड तोडेको हो। बलिउड मार्केटमा फिल्मले पहिलो दिन ३५ करोड, दोस्रो दिन ५० करोड माथी, तेस्रो दिनसम्ममा सय करोड माथी र चोथो दिनसम्ममा १५० करोड माथीको नेट कलेक्शन गरेको हो।

रिलिज अघि नै थिएटरिकल र म्युजिक राइट्स बेचेर पाँच सय करोडको व्यवसाय गरेको फिल्मको कुल लगानी दुई सय करोड पचास लाख हो। प्रदर्शनरत फिल्मलाई एसएस राजामौलीले निर्देशन गरेका हुन्। कटप्पाले बाहुबलीलाई किन मार्‍यो भन्ने जिज्ञासा मेटाउन पनि फिल्मका लागि दर्शकको फ्लो कम भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell