PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

नौ महिनाका लागि दीप बस्नेत अख्तियारको प्रमुख आयुक्तमा सिफारिस



पहिलोपोस्ट

नौ महिनाका लागि दीप बस्नेत अख्तियारको प्रमुख आयुक्तमा सिफारिस

काठमाडौं : संवैधानिक परिषदको आज बसेको बैठकले दीप बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ। आज दिउँसो बसेको संबैधानिक परिषद बैठकले एउटा मात्र निर्णय गरेको हो। संबैधानिक परिषदको अर्को बैठक भोलि दिउँसो चार बजेका लागि डाकिएको छ।

संसदमा महाअभियोग दर्ता भएर प्रमुख आयुक्त लोकमान सिंह कार्की निलम्बनमा परेयता बस्नेत कार्यबाहक प्रमुख आयुक्तका रुपमा कार्यरत थिए। उनी अब ९ महिना अख्तियारका प्रमुख हुनेछन्।

संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धि ऐन–२०५३ को दफा २० मा प्रमुख आयुक्त पदमा नरहेमा बरिष्ठले कार्यवाहकको जिम्मेवारी वहन गर्ने व्यवस्था छ। त्यही व्यवस्थाको जगमा कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हालिरहेका बस्नेतलाई परिषदले प्रमुख आयुक्तमा सिफारिस गरेको हो। 

प्रमुख आयुक्त सिफारिसपछि बस्नेतले संसदीय सुनुवाई समिति फेस गर्नुपर्नेछ। संसदीय सुनुवाई समितिले सिफारिस गरेमा राष्ट्रपतिले सपथ खुवाएपछि उनले प्रमुखको हैसियत प्राप्त गर्ने छन्। बस्नेत २०७० सालमा अख्तियारमा आयुक्तका रुपमा नियुक्त भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell