PahiloPost

Jun 3, 2025 | २१ जेठ २०८२

देशभर शान्तिपूर्ण रुपमा मनोनयन : कतै बाजागाजा त कतै कागजातकै खाँचो

देशभर शान्तिपूर्ण रुपमा मनोनयन : कतै बाजागाजा त कतै कागजातकै खाँचो

रमेश वाग्ले/पहिलोपोस्ट


काठमाडौं : वैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि उत्साहपूर्णरुपमा उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। विभिन्न पार्टीका तथा स्वतन्त्र उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन्। 

'शान्तिपूर्ण मात्र हैन कतिपय ठाउँमा त उतसाहपूर्ण रुपमा बाजागाजासहित उम्मेदवारी दर्ता भएका छन,' निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले भने, 'तर, कतिपय ठाउँमा भने उम्मेदवारहरु पर्याप्त चनाखो नभएको पाइयो। ती ठाउँका उम्मेद्वारहरु कुनै तयारीविना नै निर्वाचन कार्यालयसम्म पुग्ने र के–के कागजात चाहिन्छ भन्ने समेत जानकारी नराखेको पाइयो।'  

उनले त्यसरी पुग्ने उम्मेदवारलाई पनि आयोगका कर्मचारीले सहयोग गरी उम्मेदवारी दर्ता गरेको बताए। 

देशभर कुनै पनि स्थानीय तहमा अवरोध भएको सूचना नआएको र शान्तिपूर्ण रुपमा नै मनोनयन दर्ता भएको सचिव मैनालीले बताए। दिउँसो साढे तीनबजेसम्म निर्वाचन आयोगमा आएको रिपोर्ट अनुसार २ हजार ६ सय १५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। 

'शहरी क्षेत्रमा ठूला पार्टीले नै ढिलो उम्मेदवारी दर्ता गर्दा कम उम्मेदवारको रेकर्ड आयोगमा आएको हो,' सचिव मैनालीले भने, 'अहिलेसम्म त्यो संख्या धेरै बढेको छ।'

तस्वीरहरु: दीपेन श्रेष्ठ/ राष्ट्रिय समाचार समिति



ट्रेन्डिङ पोस्ट

Ncell