काठमाडौँ : स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताकै दिन मनाङको नारफू गाउँपालिकामा नेपाली कांग्रेसका मिङ्मार छिरिङ लामा निर्वाचित भएका छन्।
३ वडा रहेको उक्त गाउँपालिकाको अध्यक्षमा अरु कसैको उम्मेदवारी मनोनयन दर्ता नभएपछि लामा निर्विरोध भएका हुन्। वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन कार्यक्रमअन्तर्गत मिङमार मुलुककै गाउँपालिकामध्येमा पहिलो निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचित मिङ्मारलाई निर्वाचन अधिकृतले निर्विरोध निर्वाचित घोषणा गरेका छन्।