PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

डीपिएलको खर्च १ करोड ८२ लाख, अपुग १५ लाख एसपीए र डीसिएले बेहोर्ने



पहिलोपोस्ट

डीपिएलको खर्च १ करोड ८२ लाख, अपुग १५ लाख एसपीए र डीसिएले बेहोर्ने
फोटो : सीताराम ओझा


  • सीताराम ओझा
धनगढी : देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग डीपिएलको आयोजा गर्दा आम्दानीभन्दा १५ लाख बढी खर्च भएको छ। धनगढीमा मंगलबार आयोजकले पत्रकार सम्मेलन गर्दै आर्थिक हिसाब सार्वजनिक गरेको हो।

प्रतियोगिता आयोजना गर्दा १ करोड ८२ लाख खर्च भएको र प्रायोजक, सहप्रयोजक, प्रवर्द्धकलगायतबाट एक करोड ६७ लाख रुपैयाँ आम्दानी भएको आयोजकले जानकारी गराएको हो।

अपुग भएको झण्डै १५ लाख रकम सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) र धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले बेहोर्ने एसपिएका निर्देशक सुवास शाहीले बताए।

डीपिएलले हौसलता थपेकोले अर्को वर्ष नयाँ योजनाका साथ प्रतियोगितालाई आयोजना गरिने आयोजकले दाबीसमेत गरेका छन्। करिब दुई हप्ता चलेको अक्सनका आधरमा टिम बनाइएकव डीपिएलकव उपाधि घरेलु टिम चौराहा धनगढीले जितेको थियो।

२०७३ चैत्र २७ गतेबाट २०७४ वैशाख ९ गतेसम्म संचालन भएको डीपिएलले क्रिकेट समृद्ध धनगढी र सुन्दर सुदूरपश्चिम निर्माण गर्ने आशा जगाएको र क्रिकेटलाई ऐतिहासिक मोड दिन सफल भएको आयोजकको विश्वास छ। 

आगामी श्रृङ्खलामा अझ बढी आकर्षक ढंगले प्रतियोगिता गर्ने तयारीमा जुटेको भन्दै आयोजकले अन्तर्राष्ट्रिय ख्याती प्राप्त विदेशी खेलाडीलाई समेत प्रतियोगितामा उतार्ने प्रयत्न गरिरहेको जनाएको छ। 

पहिलो-पटक फरक रुपमा आयोजना गरिएको प्रतियोगिताले थप हौसला दिएकोले आगामी दिन अझ यसलाई नयाँ र भिन्नै रुपमा आयोजना गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए।

डिपिएलले नेपाली क्रिकेटलाई व्यावसायिकताको मार्गमा लैजाने अपेक्षा आयोजकको रहेको छ। डिसिएका अध्यक्ष शाहीले भने। 'आट गर्ने हो भने जे पनि सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।'

क्रिकेट महाकुम्भले यसक्षेत्रको समृद्धि चुलिने भन्दै शाहीले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन थाले धनगढी देशकै नामी सहर बन्ने आशामा रहेको बताए।

खड्का परिवारलाई सहयोग हस्तान्तरण
सुदूरपश्चिमको क्रिकेट विकासमा योगदान पुर्‌याएका क्रिकेट प्रशिक्षक स्वर्गीय अर्जुन खड्काको परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ।

खड्काको स्मृतिमा आयोजना भएको धनगढी प्रिमियर लिगबाट टिकटमार्फत उठेको रकम र डिपिएलका टीम कप्तानले दिएको रकम हस्तान्तरण गरिएको हो। 

लिग अवधिभर उठेको रकमको २० प्रतिशत अर्थात ९३ हजार ५ सय ९१ र सहभागी भएका ६ टोलीका कप्तानले जनही ५ हजारका दरले दिएको ३० हजार रकम गरी एक लाख २३ हजार ५ सय ९१ रुपैयाँ स्वर्गीय खड्काकी छोरी कञ्चन खड्कालाई हस्तान्तरण गरिएको हो। 

छोराछोरीलाई उच्च शिक्षा अध्ययनमा सहयोग होस् भनेर दिइएको सहयोग रकम डिसिएका अध्यक्ष सुवास शाही र एकेडेमीकै निर्देशक महेश शाहले हस्तान्तरण गरे। 

फाप्लालाई अन्तर्राष्ट्रिय रंगशालाका लागि सहयोग जुट्दै
धनगढीको फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउनका लागि निजी र सरकारी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ। अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउनका लागि ड्रिम फाप्ला अभियान सञ्चानल भएपछि ६ लाखभन्दा बढी रकम निजि क्षेत्रका संस्था र व्यक्तिबाट संकलन भएको छ।

देशकै सर्वाधिक धनराशीको क्रिकेट डिपिएलको आयोजनाबाट पनि डेढ लाख रकम फाप्लालाई सहयोग गरिएको एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताए।

फाप्लालाई अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि अभियान सञ्चालन गरिएपछि सहयोगी हातहरु जुट्दै गएका हुन्। थ्री डि नक्सा तयारी गर्नुका साथै सरकारी स्तरबाट पनि रकम आउन थालेका बेला निजि क्षेत्रले पनि सहयोग गर्न सुरु गरेका हुन्।

देश विदेशमा रहेका संस्था र व्यक्तिहरुले झण्डै ६ लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन्। त्यसमा ढाइ लाख रकम सर्वे, अध्ययन र वेवसाईट निर्माणमा खर्च भएको छ। 

राजनीतिक दल र नेताहरुलाई दूरगामी महत्वको फाप्ला अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न पहल गर्न जोडदार रुपमा माग राखेको अध्यक्ष शाहीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell