काठमाडौं : निर्वाचन आयोगले अन्तत: निर्वाचनको ठीक ११ दिन अघिमात्र मतदाताको संख्या र निर्वाचन हुन लागेका वडा सहितका विवरण सार्वजनिक गरेको छ। नवलपरासी र रुकुमको विवाद नटुङ्गिएका कारण आयोगले मतदाता संख्याको तथ्याङ्क सार्वजनिक गर्न सकेको थिएन।
सरकारले दुई चरणमा निर्वाचन गर्ने टुङ्गो लगाएपछि आयोगले तथ्याङ्कको प्रशोधन गर्न सीमाङ्कनको समस्या भोगेको थियो।
वैशाख ३१ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको काम सम्पन्न भएको छ। ३१ गतेको निर्वाचनबाट १३ हजार ५ सय ५६ जना प्रतिनिधि निर्वाचित हुँदैछन्।
जसमध्ये ९७ नगरप्रमुख र उपप्रमुख, १८६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चयन हुनेछन्। त्यसैगरी २ हजार ५ सय ९८ वडा अध्यक्ष र १० हजार ३ सय ९२ वडा सदस्य चयन हुनेछन्।

कुन प्रदेशमा कति
प्रदेश ३ जिल्ला १३
महानगरपालिका ३, वडा ९०
उपमहानगरपालिका १, वडा १९
नगरपालिका ४१, वडा ४७०
गाउँपालिका ७४, वडा ५४२
कूल ११९ तह, ११२१ वडा
मतदाता २७ लाख ६० हजार १ सय ८२
मतदान केन्द्र ३ हजार ४ सय ९१
प्रदेश ४ जिल्ला ११
महानगरपालिका १, वडा ३३
नगरपालिका २६, वडा ३ १८
गाउँपालिका ५८, वडा ४०८
कूल तह ८५, ७५९ वडा
मतदाता १४ लाख १३ हजार ३ सय २०
मतदान केन्द्र १ हजार ९ सय ५२
प्रदेश नं ६ जिल्ला १०
नगपालिका २५, वडा ३०३
गाउँपालिका ५४, वडा ४१५
कूल तह ७९, वडा ७१८
मतदाता ७ लाख ८३ हजार ४ सय २३
केन्द्र १ हजार १ सय ९९
...
निर्वाचन हुने कूल जिल्ला ३४
महानगर – ४, वडा १२३
उपमहानगर – १, वडा १९
नगरपालिका ९२, वडा १०९१
गाउँपालिका १८६, वडा १३६५
कूल तह २८३, कूल वडा २५९८
कूल मतदाता संख्या ४९ लाख ५६ हजार ९ सय २५
कूल मतदान केन्द्र ६ हजार ६ सय ४२