ललितपुर : 'हसिनाजी चाँडै यहाँ आउनुपर्योद। तपाईँलाई उपमेयरको उम्मेदवार बनाइँदै छ।'
अप्रत्यासित रुपमा मोबाइलमा सुनिएको बोली अपरिचित वा जिस्क्याउनेखाले थिएन। फोन गरेकी थिइन् – पम्फा भुषालले।
नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्पा भुषालले फोन गर्दा उनी घरमै थिइन्। एकछिन त अक्कमक्क नै परिन्। अप्रत्यासित कल विश्वसनीय नै थियो।
केही दिनअघि उनलाई पार्टीले उपमेयरको टिकट नदिने निर्णय गरिसकेको थियो। उनको भागको उपमेयरको टिकट पार्टीकी अर्की प्रत्यासी मञ्जरी शाक्यले हत्याइसकेकी थिइन्। यसले आशा मरेको थियो उम्मेदवार बन्ने। उनले भनिन्, 'एक किसिमले निराश नै थिएँ।'
एकाएक आएको कलले उनलाई उम्मेदवारी दिने ठाउँसम्म पुर्या यो। उनी त्यहाँ पुग्दा पम्फा भुसाल लगायत अन्य नेताहरु उनैलाई कुरेर बसेका छन्। पहिले लत्याइएकी उनको स्वागत हुँदै थियो - फूलको माला र खादासहित। उनी आइपुग्नेबित्तिकै फूलमाला र खादा लगाइयो।
उनको मुहारमा खुशीको सीमा नै थिएन। त्सपछि उनी माओवादी केन्द्रका तर्फबाट ललितपुर महानगरपालिकाको उपमेयरको रुपमा मनोनयन दर्ता गरिन्। उनलाई यतिबेरसम्म पनि आफूलाई एक्कासी पार्टीले उपमेयरको उम्मेदवार किन बनायो भन्ने पत्तो थिएन।
उम्मेदवार दर्ता गरेपछि उनले थाहा पाइन् - पार्टीले टिकट दिएको मञ्जरी शाक्यको नाम त मतदाता सूचीमै रहेनछ।
उनले हाँस्दै भनिन् 'भाग्यले नै उपमेयरको उम्मेदवार बनाएको रहेछ।'
मनोनयन भयो। छोरीलाई फोन गरेर सुनाइन्। परिवार पनि आश्चर्यचकित भए। शाक्य भन्छिन्, 'घरपरिवारमा पनि खुशी छाएको छ। कतिखेर घर पुगौं जस्तो भएको छ।'
ललितपुर महानगरपालिका सांस्कृतिक रुपमा धनी भएकाले ललितपुरलाई सास्कृतिक, धार्मिक र पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उनको योजना छ। उनले हाँस्दै भनिन् ' उपमेयरको उम्मेदवार हुन्छ भन्ने आश नै थिएन। त्यसैले धेरै योजना समेत बनाउन भ्याएको छैन।
यसरी जुर्योस गुमेको पद
नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाबाट उपमेयरको टिकट दिएपछि मञ्जरी शाक्य १ बजे नै मनोनयन दर्ता गर्न पुगेकी थिइन्। उनको साथमा पार्टीकी प्रवक्ता पम्पा भुसाल समेत सँगै थिएनन्। गलामा फूलको माला र खादाले उनी उपमेयर नै जितेको जस्तै देखिन्थिन्।
उनी मनोनयन दर्ता गर्न फाँटमा पुगेर फाइल बुझाइन्। उनको फाइलमा समर्थक र प्रस्तावको नागरिकता नै नभएपछि उनको दर्ता सुरुमै रोकियो। करिब १ घण्टापछि दुवै जनाको नागरिकता झिकाइयो। नागरिकता त आयो तर उनको नाम निर्वाचन नामावलीमा भेटिएन। त्यसपछि उनी गलाको माला खोलेर निरास भएर घर फर्किन्।