.jpg)
काठमाडौँ : महेन्द्रनगरमा आयुर्वेद कलज स्थापनाको माग गर्दै महेन्द्रनगरको सर्वदलीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ।
बुधबार बिहान भौतिक पूर्वाधारमन्त्री रमेश लेखकसहितको टोलीले प्रधानमन्त्रीलाई भेटी संस्कृत विश्वविद्यालयको नाममा रहेको जमिनमा आयुर्वेद कलेज स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो। जिल्लाका सबै राजनीतिक दल, सामाजिक संघसंस्था र विश्वविद्यालयले समेत आफ्नो आङ्गिक कलेजका रुपमा आयुर्वेद कलेज सञ्चालन गर्न तयार भएकाले आगामी बजेटमा कलेज सञ्चालनको प्रबन्ध गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको हो।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले बजेटमा कलेज स्थापनाको बजेट व्यवस्थापनाका लागि पहल गर्ने बताए। उनले भने ‘प्राविधिक शिक्षा हाम्रो विकासको महत्वपूर्ण आधार हो । हाम्रा बहुमूल्य जडीबुटीहरु सस्तो मूल्यमा विदेशी बजारमा गइरहेका छन्। त्यसका लागि पनि देशैभरी आयुर्वेद कलेजहरु स्थापना गर्न जरुरी छ । आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा आयुर्वेद कलेजको स्थापना गर्न मेरो तर्फबाट पहल हुन्छ।’