PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

रौतहटको एभरेस्ट डिस्टीलरीमा भीषण आगलागी, एक करोड बराबरको क्षति



राधेश्याम पटेल

रौतहटको एभरेस्ट डिस्टीलरीमा भीषण आगलागी, एक करोड बराबरको क्षति

वीरगंजः रौतहटको एभरेस्ट डिस्टीलरीमा मंगलवार साँझ भीषण आगलागी भएको छ।

दुर्गा भगवती गाउँपालिकाको पिपरा बजारस्थित मदिरा उत्पादन गर्ने उद्योगमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
गोदाममा राखिएको स्प्रिट र अल्कोहलमा आगलागी भएकोले केही बेरमै उद्योगको सबै कच्चा पदार्थ जलेर नष्ट भएको छ।

गौरबाट पुगेको वरुण यन्त्र, सुरक्षाकर्मी तथा स्थानीयबासीको सहयोगमा करिब तीन घण्टापछि आगालागी नियन्त्रणमा आएको थियो। प्रहरीले विद्युत सर्ट भइ आगलागी भएको अनुमान गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell