PahiloPost

Jun 3, 2025 | २१ जेठ २०८२

इकुको आश्रममा अम्बिकाको भिडियो



पहिलोपोस्ट

इकुको आश्रममा अम्बिकाको भिडियो

काठमाडौं: गीतकार अम्बिका गुरुङले आफ्ना ‘आँखामा तिम्रो’ गीतको म्युजिक भिडियो प्रिमियर गरेकी छिन्। श्रीमान् बुद्धि बहादुर गुरुङको ६९ जन्मोत्सवको अवसरमा उनले अनाथ आश्रममा कार्यक्रम आयोजना गरी गीतको भीडियो सार्वजनिक गरेकी हुन्।

हास्य अभिनेता शुलेमान शंकर ईकुले संचालन गरी रहेको आश्रममा गीतकार गुरुङले आश्रित टुहुरा बालबालिकाहरुलाई नगद २१ हजार रुपैयाँका साथमा विभिन्न उपहार, कापी, कलम तथा खानेकुरा प्रदान गरिन्।

मंगलबार प्रिमियर गरिएको ‘आँखामा तिम्रो’ गीतमा गायिका जुना प्रसाईंको स्वर तथा प्रकाश लेप्चाको संगीत निर्देशन छ। अम्बिकाको शब्दमा तयार गीतमा प्रकाश लेप्चाकै संगीत संयोजन छ। गीतको म्युजिक भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन्। भिडियोमा मिस राई–२०१६ सीता राई तथा मोडल शिवदास गुरुङले अभिनय गरेका छन्।

हेर्नुस् भिडियो: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell