PahiloPost

Jun 3, 2025 | २१ जेठ २०८२

सद्दाम हुसेनले आफ्नो २६ लिटर रगतबाट लेखाएका थिए 'कुरान'



पहिलोपोस्ट

सद्दाम हुसेनले आफ्नो २६ लिटर रगतबाट लेखाएका थिए 'कुरान'

सद्दाम हुसेनलाई ठूला-ठूला महल तथा मस्जिद बनाउने शौक थियो। उनले यस्तै एउटा ठूलो मस्जिद मध्य बगदादमा बनाएका थिए। जसको नाम राखेका थिए- 'उम्म अल मारीक'।

सन् २००१ मा यसलाई उनले खासगरी आफ्नो जन्मोत्सवको लागि बनाएका थिए। यसको स्तम्भ स्कड मिसाइलजस्तै थियो।

यो त्यही मिसाइल थियो जसलाई सद्दाम हुसेनले खाडी युद्धका क्रममा इजराइलमाथि प्रहार गरेका थिए।

'अपरेसन डेसर्ट स्टर्म' (जुन ४३ दिनसम्म चलेको थियो) को सम्झना गराउनका लागि यी स्तम्भहरुको उचाइ ४३ मिटर राखिएको थियो।

सद्दाम हुसेनको जीवनी लेख्ने व्यक्ति कन कफलिन लेख्छन्, 'सद्दामले बनाएको एउटा मस्जिदमा  उनको आफ्नै रगतले लेखाएको एउटा कुरान राखिएको छ।'

त्यस कुरानका ६०५ पृष्ठहरु सबैलाई देखाउनका लागि एउटा सिसाको फ्रेममा राखिएको छ। मस्जिदका आधिकारिक व्यक्तिको भनाइ अनुसार यसका लागि सद्दामले तीन वर्षसम्म आफ्नो २६ लिटर रगत दिएका थिए



सद्दामबारे एउटा अर्को पुस्तक 'सद्दाम हुसेन, द पलिटिक्स अफ रिभेन्ज' का लेखक सैद अबुरिसले कठिनाइपूर्वक बितेको आफ्नो जीवनका कारण सद्दामले ठूला-ठूला महल र मस्जिद बनाएको बताएका छन्। त्यसबेला उनको परिवारसँग सद्दामको लागि एक जोर जुत्ता किन्ने पैसासमेत थिएन।

रोचक कुरा यो छ कि सद्दामले आफ्ना जुनै महलमा सुते पनि त्यहाँ उनलाई केही घण्टाको लागि मात्रै निदाउन पाइन्थ्यो। उनी सधैँ बिहान तीन बजे पौडी खेल्नका लागि उठ्ने गर्दथे।

इराकजस्तो रेगिस्तानी मुलुकमा पहिले पानी धन र शक्तिको प्रतीक मानिन्थ्यो र आज पनि यस्तै मानिन्छ।



तर सद्दामका हरेक महलमा भने पानीका फोहरा र स्वमिङ पुल हुने गर्दथे। कफलिन लेख्छन् 'सद्दामलाई स्लिप डिस्कको बिमारी थियो। यसलाई नियन्त्रण गर्न डाक्टरले उनलाई हिँडडूल गर्न र पौडी खेल्न सल्लाह दिएका थिए।

सद्दामका सबै स्विमिङ पूललाई संरक्षकहरुले निकै मेहेनेतका साथ रेखदेख गर्ने गर्थे। त्यसको तापक्रम पनि नियन्त्रण गरिन्थ्यो। पानीमा कतै जहर त मिसाइएको छैन भनेर बेलाबखत जाँच पनि गर्ने गरिन्थ्यो।

सद्दामबारे पुस्तक लेख्ने अर्का लेखक अमाजिया बरम लेख्छन्, 'सद्दामको शासनकालमा धेरै दुश्मनहरुलाई थेलियमको जहरबाट मारिएको थियो। उनलाई आफू पनि कतै यही जहरबाट मारिने हो कि भन्ने डरले सताइरहन्थ्यो। हप्तामा दुई पटक उनको बगदादस्थित महलमा ताजा माछा, केकड, झिँगा, बाख्रा र मिर्गको रोस्ट पठाउने गरिन्थ्यो।'



उनी अगाडि लेख्छन्, 'राष्ट्रपति भवनमा जानुअघि परमाणु वैज्ञानिकहरु कतै उनमा रेडियेसन या जहर त भरिएको छैन भनेर परीक्षण गर्ने गर्दथे।'

पुस्तकमा लेखिएको छ, 'सद्दामका महलहरुको संख्या २० हाराहारी थियो। ती महलमा हरेक क्षण कर्मचारी बस्ने गर्दथे। र सबै महलमा तीनै बखत्‍को खाना बन्ने गर्दथ्यो।'

हरेक क्षण स्मार्ट देखिन खोज्नु सद्दामको कमजोरी थियो। यही कारण उनले पछि आएर परम्परागत जैतुनी रङ्गको सैनिक बर्दी बगाउन छाडेर सुट लगाउन सुरु गरेका थिए।

संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव कोफी अन्नानको सल्लाहमा उनले सुट लगाउन सुरु गरेका थिए। सुट लाएपछि विश्व नेताका रुपमा छवि बन्ने उनको धारणा थियो।



सद्दाम कसैले आफ्नो भिडियो केही पाइलाभन्दा बढी सुट नगरोस् भन्ने चाहन्थे।

कान कफलिन लेख्छन् 'सद्दाम दिनमा धेरै चोटी निन्द्राको छोटो-छोटो झप्की लिने गर्दथे। कति चोटी त उनी बैठक कोठाबाट उठेर छेउको कोठामा गई केहीबेर निदाएर फ्रेस भएर फर्किन्थे।'

सद्दामलाई टिभी हेर्ने शौक पनि थियो। धेरैजसो उनी सीएनएन्, बिबिसी र अलजजिरा च्यानल हेर्ने गर्दथे।

उनलाई रोमाञ्चक अंग्रेज़ी थ्रिलर्स हेर्ने गहिरो शौक पनि थियो। अंग्रेजी फिल्म 'द डे अफ दि जैकाल' उनको मन पर्ने फिल्म थियो।



सन् २००२ को सुरुवातमा सद्दामले क्याबिनेट बैठकका क्रममा आफ्ना एक मन्त्रीले उनको घडी हेरिरहेको देखे।

बैठक सकिएपछि उनले ती मन्त्रीलाई रोकिन भने। उनलाई सोधे, 'के तपाईँलाई निकै हतार छ?'

ती मन्त्रीले यस्तो केही पनि होइन भन्दा सद्दामले आफ्नो बदनाम गराएको भन्दै झपारेका थिए।

कफलिन लेख्छन्, 'सद्दामले ती मन्त्रीलाई त्यही कोठामा दुई दिनसम्म बन्द गरेर राख्न आदेश दिएका थिए। त्यसपछि उनी मन्त्रीको बैठक कक्षमा दुई दिनसम्म कैद रहे। उनलाई जतिबेला पनि बाहिर लगेर गोली हानिनसक्ने अनुमान हुन थाल्यो। सद्दामले ती मन्त्रीको ज्यान त जोगाए तर उनले मन्त्री पदबाट भने राजीनामा दिनु पर्‍यो।

सद्दामका लागि उनका विरोधीहरुभन्दा बढी उनको आफ्नै परिवारबाट हैरानी थियो। त्यसमा धेरै ठूलो भूमिका थियो उनकी आफ्नै श्रीमतीको।



सन् १९८८ वरिपरि सद्दामले ठूलो पारिवारिक सङ्कटबाट गुज्रिनु पर्‍यो। उनी त्यसबेला इराकी एयरवेजका महानिर्देशककी श्रीमती समीरा शाहबन्दरसँगको प्रेम सम्बन्धमा परेका थिए। 

समीरा अग्ली र हसिली थिइन्। उनको कपाल सुनौलो रंगको थियो। सबैभन्दा ठूलो कुरा उनी विवाहित थिइन्।

सैद अबुरिस लेख्छन्, 'धेरै वर्षसम्म राष्ट्रपति भवनमा काम गर्ने एक अधिकारका अनुसार सद्दाम विवाहित महिलासँग सम्बन्ध राख्न रुचाउँथे।'



सद्दामको यस्तो किसिमको रासलीलाको तयारी तथा व्यवस्थापन उनका अंगरक्षक कामेल हना जेनजेनले गर्ने गर्दथे। आफ्ना नातेदार भएकाले सद्दामले उनलाई विश्वासपात्र बनाएका थिए। 

जहर हालिएको आशंकाले जेनजेनले सद्दामलाई दिइने हेरक भोजन सुरुमा चाख्नु पर्दथ्यो।


(रेहान फजलले हिन्दी बिबिसीका लागि तयार पारेको विशेष रिपोर्टको नेपाली अनुवाद)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell