PahiloPost

Jun 3, 2025 | २१ जेठ २०८२

आइपीएल : दिल्लीको तेस्रो जित, हैदरावाद ६ विकेटले पराजित



पहिलोपोस्ट

आइपीएल : दिल्लीको तेस्रो जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौँ : आइपीएलअन्तर्गत मंगलबार भएको खेलमा दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदरावादलाई ६ विकेट पराजित गरेको छ । १८६ रनको लक्ष्य दिल्लीले ५ बल अगावै ४ विकेट गुमाएर पुरा गरेको हो। 

यस सिसजनको तेस्रो जित पछि ९ खेलबाट ६ अंक जोडेको दिल्ली अंक तालिकामा छैटौ स्थानमा उक्लिएको छ र प्लेअफ सम्भावना कायमै राखेको छ।

दिल्लीको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले युवराज सिहको अर्धशतक मद्दतमा १८५ रन बनाएको थियो। युवराजले ४१ बल खेल्दै ११ चौका र १ छक्काको सहयोगमा नटआउट ७० रन बनाए। यस्तै कप्तान डेविड वार्नरले ३०, सिशखर धवनले २८ र केन विलियमसनले २४ रन बनाए भने मोएसिसस वनरिकेज २५ रनमा नट आउट रहे। बलिङमा दिल्लीका मोहम्मद शामिले २ विकेट लिए।

१८६ रनको लक्ष्य दिल्लीले १९ दशमलव १ ओभरमा पुरा गर्यो। दिल्लीका लागि कोरे एण्डरसनले नटआउट रहदै सर्वाधिक ४१ रन बनाए। यस्तै कप्तान करुण नायरले ३९, रिसव पन्तले २४, श्रेयास अयेरले ३३ तथा सन्जसु सामसनले २४ रन बनाए। हैदरावादका मोहम्मद सिराजले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell