PahiloPost

Jun 3, 2025 | २१ जेठ २०८२

च्याम्पियन्स लिग : मड्रिड डर्बीमा रोनाल्डोले ह्याट्रिक गरेपछि रियल फाइनल नजिक



पहिलोपोस्ट

च्याम्पियन्स लिग : मड्रिड डर्बीमा रोनाल्डोले ह्याट्रिक गरेपछि रियल फाइनल नजिक

क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक गर्ने लियोनल मेसीको कीर्तिमान बराबर गरेको दिन मड्रिड डर्बीमा जित हात पार्दै रियल च्याम्पियन्स लिगको फाइनल नजिक पुगेको छ। गएराति भएको पहिलो सेमिफाइनल पहिलो लेगको खेलमा रियलले एथ्लेटिकोलाई ३-० ले हरायो।

घरेलु मैदानमा रोनाल्डोले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल गरे। १० औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले ७३औं र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे

एथ्लेटिको विरुद्ध ह्याट्रिक गरेपछि रोनाल्डोले च्याम्पियन्स लिगमा मेसीले बनाएको ७ ह्याट्रिकको कीर्तिमान बराबरी गरेका हुन्।

अब सेमिफाइनल दोस्रो लेगको मड्रिड डर्बी आगामी बिहिबार एथ्लेटिकोको मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell