
काठमाडौँ : कान्तिपुर पव्लिकेसन्सविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। वैशाख १९ गते दर्ता भएको मुद्दाको सुनुवाइ आजका लागि तोकिएको छ।
कान्तिपुर दैनिकमा कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक योग्यता विवादको समाचारलाई लिएर अधिवक्ता सन्तोष भण्डारीले मुद्दा दर्ता गरेका हुन्।
मुद्दाको सुनुवाइ आज न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको छ। (अपडेट : यो मुद्दा बुधबार हेर्न नभ्याइनेमा परेपछि भोलि बिहीबारका लागि पेशी तोकिएको छ)
यसअघि पनि न्यायाधीश पराजुलीको सर्वोच्चमा सिफारिसका विषयमा कान्तिपुरले २०७१ वैशाख/जेठमा प्रकाशन गरेको समाचारलाई लिएर कान्तिपुरविरुद्ध मुद्दा दर्ता भएको थियो। उक्त अवहेलना मुद्दाबाट कान्तिपुरले सफाइ पाएको केही महिनामात्र भएको छ।