PahiloPost

Jun 3, 2025 | २१ जेठ २०८२

चितवनबाट एक सय २६ किलो चरेस बरामद, दुर्इ जना प्रकाउ



पहिलोपोस्ट

चितवनबाट एक सय २६ किलो चरेस बरामद, दुर्इ जना प्रकाउ

चितवन : चितवन प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले नारायणगढको लायन्स चोकबाट १ सय २६ किलो चरेस बरामद गरेको एसपी दीपक थापाले जानकारी दिए।

उनका अनुसार बा ४ ख ७६३० नम्बरको ट्रकबाट यो परिमाणको चरेस बरामद गरिएको हो। चरेसलाई चार वटा ठूलो र तीन वटा सानो कार्टुनमा २ सय ५३ वटा पोका बनाएर राखिएको थियो।

प्रहरीले चरेससहित दुर्इ जना प्रकाउ गरिएको र अरु दुर्इ जनाको खोजी भइरहेको जानकारी दिएपनि नाम खुलाएको छैन। थापाले केही बेरमा पत्रकार सम्मेलन गरेर चरेस कारोबारमा संलग्न रहेका व्यक्ति सार्वजनिक गर्ने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell