काठमाडौं: नेपाली फिल्म कलाकार तथा निर्माता पवन मैनाली विवाह बन्धनमा बाँधिएका छन्। गत वैशाख ११ गते दोलखाकी लक्ष्मी सिवाकोटीसँग मागी विवाह गरेको समाज सेवी दीक्षा चापागाईँले प्रस्ट पारेकी हुन्।
अस्वस्थताका कारण उचाररत मैनाली राम्रो सँग हिँड्न र बोल्न सक्दैनन्। बाँसबारीस्थित न्युरो अस्पतालमा लामो समयको उपचार पछि उनी दीक्षा चापागाईंको पवित्र समाज नेपालमा रहदै आएका थिए। विवाह पछि उनी पुन: कपनस्थित घरमा फर्किएको जनाइएको छ।
एक्शन स्टार निखिल उप्रेती डेब्यु फिल्म पिँजडाका निर्माण गरेका मैनालीको फिल्म 'दिदीबहिनी'को छायाँकनका क्रममा मोटरसाइकल दुर्घटनामा भएको थियो। जसका कारण उनको स्वास्थ्य बिग्रिएको हो। फिल्म प्रोडक्शन सक्किए पनि प्रदर्शनमा भने आएन।