चितवनः भरतपुर महानगरपालिकाका नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले नगरका २९ वटै वडामा पार्क निर्माणसहित त्रिकोणात्मक चक्रपथ बनाउने योजना अघि सारेका छन्।
एमाले भरतपुर नगर कमिटीको आयोजनामा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा ज्ञवालीले सुकुम्वासी समस्या समाधान, रंगशाला निर्माण, अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण, व्यवस्थित मेडिकल सिटी आफ्नो प्रथामिकताका योजना भएको बताएका हुन्।
उनले कृषि, पर्यटन महानगर विकासको प्रमुख अधार रहेको भन्दै त्यसका लागि केरा, माछा र पोल्ट्रिको विकासलाई प्रथामिकता दिने वताए। ज्ञवालीले नारायणी नदीमा ड्याम निर्माण गरी देवघाटदेखि गोलाघाटसम्म जल यातायात र नदी दयाँबायाँ सुन्दर पार्क निर्माण गर्ने योजना रहेको जानाकारी दिए ।
उनले पाँच बर्षभित्र भरतपुरलाई मुलुकको नमूना महानगर वनाउने र कविलासमा एकसय ५० मेघावाटको जलविद्युत आयोजना निर्माण गर्ने बताए।
पत्रकार सम्मेलनमा एमालेकी उपमेयरकी उम्मेदवार दिव्या शर्मा आचार्यले आफू वीस बर्षदेखि सामाजिक काममा लागेकाले सवैवाट सहयोग प्राप्त हुने अपेक्षा राखेको बताइन्।