PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

वैशाख २५ देखि शैक्षिक संस्था बन्द गर्न सरकारलाई आयोगको निर्देशन



पहिलोपोस्ट

वैशाख २५ देखि शैक्षिक संस्था बन्द गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि २५ गतेबाट विद्यालय र क्याम्पसलगायतका शैक्षिक क्षेत्रमा विदा हुने भएको छ।

बुधबार बसेको निर्वाचन आयोगको बैठकले २५ गतेदेखि ३१ गतेसम्म सम्पूर्ण शैक्षिक क्षेत्र विदा गर्न सरकारलाई निर्देशन दिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मालेले जानकारी दिए। उनले भने, ‘हामीले २५ गतेबाट पहिलो चरणको निर्वाचन अवधिभरसम्म शैक्षिक क्षेत्र बन्द गर्न गृहमन्त्रालयलाई पत्रचार गरिसकेका छौं।’

वैशाख ३१ गते पहिलो चरणमा निर्वाचन ३४ जिल्लामा हुँदैछ। निर्वाचन हुने जिल्लाहरुमा मात्र शैक्षिक क्षेत्र बन्द हुने छन्। त्यस्तै निर्वाचन आयोगले वैशाख ३१ गते सार्वजनिक विदा दिने प्रस्तावसमेत गृहमन्त्रालयलाई बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell