PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

चुनावका लागि कति दिन विदा ?



पहिलोपोस्ट

चुनावका लागि कति दिन विदा ?

काठमाडौं : पहिलो चरणको स्थानीय निर्वाचन हुने तीन प्रदेशका सरकारी कार्यालयमा वैशाख २८ गतेदेखि लगातार ४ दिन बिदा गर्न निर्वाचन आयोगले प्रस्ताव गरे पनि सरकारले भने एक दिन मात्रै विदा दिने भएको छ।

निर्वाचन आयोगले सरकारलाई वैशाख २५ गतेदेखि ३१ गतेसम्म शैक्षिक संस्था र वैशाख २८ गतेदेखि ३१ गतेसम्म सरकारी कार्यालय बिदा दिनका लागि प्रस्ताव गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले गत बुधबार जानकारी दिएका थिए।

तर गृह मन्त्रालयले जारी गरेको सूचनामा भने भने वैशाख ३१ गते एक दिन मात्र सरकारी, अर्धसरकारी र सार्वजनिक संस्थानहरुका कार्यालयमा विदा दिने सरकारले निर्णय गरेको उल्लेख छ। शैक्षिक संस्थाको हकमा भने आयोगकै सिफारिश अनुसार निर्णय भएको छ। 

(*गृह मन्त्रालयको विदासम्बन्धी निर्णयपछि सोही अनुसार समाचार अपडेट गरेका छौँ)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell