काठमाडौं: ‘लिटिल मिस वल्ड युनिभर्स २०१७’ मा विशेषता बुढाथोकीले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्। टर्कीमा आउँदो मे ५ देखि १५ सम्म आयोजना हुने प्रतियोगीतामा ३५ राष्ट्रको बालिकाहरुको सहभागिता रहने बताइएको छ।
जोन डुवे स्कुल बालुवाटारमा कक्षा ५ मा अध्ययनरत बुढाथोकी पाँचौ ‘जुनियर ब्याटल–२०१७’की विजेता हुन्। प्रतियोगिताका लागि उनी ५ मेमा टर्की जाने नेपाल प्रतिनिधि इप्लानेटका सन्तोस सापकोटाले बताए। नेपाली कलासंस्कृति झल्कने पहिरन र नृत्यसहित उनी प्रतियोगीतामा सहभागी हुन लागेकी हुन्।
विगत १६ वर्षदेखि यो प्रतियोगिता नियमित आयोजना हुँदै आएको छ। यस अगाडि लिटिल मिस नेपालका लागि नेपालको प्रतिनिधित्व गरेकी दृष्टि दाहालले शीर्ष उपाधि नेपाल भित्र्याएकी थिइन्।