PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

कांग्रेसले छिट्टै सरकारमा गृहमन्त्री पठाउने



पहिलोपोस्ट

कांग्रेसले छिट्टै सरकारमा गृहमन्त्री पठाउने

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका तर्फबाट छिट्टै सरकारमा गृहमन्त्री पठाउने बताएको छ।

कांग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिद्वारा बुधबार पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पार्टीकातर्फबाट छिट्टै गृहमन्त्री पठाउने बताएका हुन्।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्‍मा महाभियोग प्रस्ताव दर्ता भएपछि असन्तुष्टि जनाउँदै बिमलेन्द्र निधिले गृहमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेसले उनको ठाउँमा अरुलाई पठाउन लागेको हो। मन्त्री लेखकले गृहमन्त्रीमा कसलाई पठाउने भन्नेबारेमा भने केही बताएनन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell