PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

दोस्रो चरणको निर्वाचनअघि संविधान संशोधन गर्न यादवको माग



पहिलोपोस्ट

दोस्रो चरणको निर्वाचनअघि संविधान संशोधन गर्न यादवको माग

काठमाडौँः सङ्घीय समाजवादी फोरम, नेपालले दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाउनु अघि नै संविधान संशोधन गर्न माग गरेको छ। 

फोरमले बुधवार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले सरकारले दोस्रो चरणको निर्वाचन अघि संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएकाले पहिलो चरणको निर्वाचन प्रक्रियामा भाग लिएको बताए। 

मधेसी मोर्चाको औचित्य भविष्यमा पनि निरन्तर रहिरहनेमा आफूहरु दृढ रहेको भन्दै अध्यक्ष यादवले केही दलले मोर्चाको औपचारिक बैठकसमेत नबसी औचित्य समाप्त भयो भन्नु दुःखद् भएको बताए।

मोर्चामा कृत्रिम विवाद सिर्जना गरेर प्रतिगामी शक्तिलाई सहयोग पुर्याउन खोजिएको यादवको भनाइ थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell