PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

चार देशका राजदूतले राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाए



पहिलोपोस्ट

चार देशका राजदूतले राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाए

काठमाडौँ : नेपालका लागि विभिन्न चार देशका राजदूतले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन्। 

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहबीच राजदूतहरुले ओहदाको प्रमाणपत्र पेश गरेका हुन्। प्रमाणपत्र पेश गर्नेमा थाइल्याण्डका राजदूत भकावत तनसकूल, कोरियाका राजदूत पार्क योङ सिक, अष्ट्रेलियाका राजदूत पिटर ग्राइमे बुद्द र हंगेरीका राजदूत ग्युला पेठो रहेका छन्। 

समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो। राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell