PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

स्थानीय तह निर्वाचनमा तीन गुणा बढीको उम्मेद्वारी 



रमेश वाग्ले

स्थानीय तह निर्वाचनमा तीन गुणा बढीको उम्मेद्वारी 

काठमाडौं : १३ हजार पाँच सय ५६ जना निर्वाचित हुने पहिलो चरणको स्थानीय तह निर्वाचनमा झण्डै तीन गुणा बढी उम्मेदवारी परेको छ।

निर्वाचन आयोगमा बुधबार साँझ पाँच बजेसम्म आएको तथ्यांक अनुसार झण्डै तीन गुणा उम्मेद्वारको विवरण संकलन भएको छ भने २० वटा स्थानीय तहबाट कुनै पनि सूचना निर्वाचनमा आयोगमा आएको छैन।

साझ पाँच बजे सम्मको तथ्यांक अनुसार निर्वाचन आयोगमा ३७ हजार ६ सय ३७ उम्मेदवारको विवरण आएको छ। तर आयोगले सबै क्षेत्रका उम्मेदवारको तथ्यांक भने संकलन गरिसकेको छैन।

'वडा तहमा ४० प्रतिशत निर्वाचित हुने महिला कोटामा खुल्ला तर्फ उत्साहजनक उम्मेदवारी परेको छ तर दलित महिलातर्फ त्यति उत्साहजनक रुरुपमा उम्मेद्वारी परेको पाइएको छैन,' निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले भने, 'अन्य क्षेत्रमा चर्चा गरिए भन्दा थोरै उम्मेदवारी भएपनि यो सम्हालिएर परेको उम्मेद्वारी भन्न सकिन्छ।'

उनले आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजदनीतिक दलको संख्या र स्वतन्त्र प्रत्यासीको संख्या धेरै आकलन गरिए पनि सम्हालिएर नै उम्मेद्वारी दर्ता भएको पाइएको बताए। 

'तर यो संख्या पनि कम हो भन्न मिल्दैन।' उनले भने। सचिव मैनालीले दलको संख्याका आधारमा सबैभन्दा धेरै दल भएको काठमाडौंमा ६८ जनासम्म एउटै पदका उम्मेद्वारलाई पुग्नेगरी मत पत्र छापिए पनि उम्मेदवारी दर्तामा धरै सम्हालिएको बताए। 

स्थानीय तह निर्वाचन प्रयोजका लागि काठमाडौंमा मात्र ४७ दल दर्ता भएका थिए। तर काठमाडौं महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्रसहित जम्मा २८ जनाले मात्र उम्मेद्वारी दर्ता गराएका छन्।

पहिलो चरणमा हुन लागेको ३४ जिल्लाका २८३ स्थानीय तहमा जम्मा १३ हजार पाँच सय ५६ जना उम्मेद्वार निर्वाचित हुन्छन्। पहिलो चरणमा निर्वाचन हुने स्थानीय तहमा ४९ लाख ५६ हजार नौ सय २५ जना मतदाता छन्। 

पहिलो चरणमा ४ महानगरपालिका, एक उपमहानरपालिका ९२ नगरपालिका र १८६ गाउँपालिकामा गरी २८३ स्थानीय तहका २५ सय ९८ वडामा निर्वाचन हुदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell