काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देखि औपचारिक रुपमा सरकार छोडेको छ। गत सोमबार नै कार्यसम्पादन समितिको निर्णयबाट सरकाबाट बाहिरिने निर्णय गरेको राप्रपाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामुहिक राजिनामा बुझाएको हो।
'हाम्रा पार्टीका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङ्ले सामुहिक रुपमा उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको राजिनामा बुझाउनुभएको छ,' राप्रपाका प्रवक्ता सुशीलकुमार श्रेष्ठले भने, 'अब हामी यो सरकारबाट औपचारिक रुपमा नै आज देखि अलग भएका छौं।'
राप्रपाले आजै सभामुख ओनसरी घर्तीलाई पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएक जानकारी गराएको छ। 'हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका छौ, आजै सभामुखलाई यसबारे जानकारी गराइसकेका छौ' प्रवक्ता श्रेष्ठले भने, 'अब हामी भोली देखिको संसद् बैठकमा विपक्षी बेन्चमा बस्नेछौ।'
प्रधान न्यायाधिस सुशीला कार्कीविरुद्ध संसद्मा लगिएको महाअभियोग सत्ता साझेदार दल राप्रपालाई जनाकारी नै नदिएको भन्दै आफू महाअभियोगको पक्षमा नरहने जानकारी गराउँदै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।