PahiloPost

May 14, 2025 | १ जेठ २०८२

फिल्म 'राज्जा रानी’ आउने मिति तय



पहिलोपोस्ट

फिल्म 'राज्जा रानी’ आउने मिति तय

काठमाडौँ : केकी अधिकारी र नाजिर हुसेन स्टार फिल्म 'राज्जा रानी' को प्रदर्शन मिति तय भएको छ। फिल्म आउँदो पुस २८ गते सार्वजनिक गर्ने जानकारी फिल्म युनिटले दिएको छ। वितरण कम्पनी एफडी र निर्माताबीच बुधबार भएको सहमतिले उक्त मितिमा फिल्म रिलिज निश्चित गरेको हो।

निर्माता रमेश एमके पौडेल र एफडी प्रमुख नरेन्द्र महर्जनले उक्त मितिमा सिनेमा प्रदर्शन हुने पुष्टि गरे। कोहिनुर, वीर विक्रम, शब्द, के म तिम्रो होइन र' लगायतका स्क्रिप्ट राइटर यम  थापाले फिल्म निर्देशन गरेका हुन्। थापाको डेब्यु निर्देशन हो।

फिल्ममा केकी अधिकारी, नाजिर हुसेनसँगै कामेश्वर चौरासिया, दीपक क्षेत्री लगायत कलाकारको मुख्य भूमिका छ। फिल्मले पश्चिम तराईस्थित जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ।

लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्यको समेत अभिनय रहेको फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell