
काठमाडौं: जिल्ला निर्वाचन कार्यालय काठमाडौँले काठमाडौं जिल्लाको निर्वाचनका लागि चार हजार भन्दा बढी कर्मचारी खटाउने भएको छ।
स्थानीय तहको निर्वाचनका लागि ६ सय ८७ मतदान केन्द्रको निर्वाचनका लागि चारहजार एकसय १९ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी दिए।
यस्तै, खटाइएका कर्मचारीलाई वैशाख २० गतेदेखि नियुक्ति दिन सुरु गरिसकिएको छ। वैशाख २०, २१ र २२ गते नियुक्तिपत्र बाँड्ने र त्यसपछि २३, २४ र २५ गते तालिम दिएर निर्वाचनमा खटाउने कार्यालयले जनाएको छ।केही कर्मचारी शारीरिकरुपमा अपाङ्गता भएका र केही महिलालाई समस्या भएकाले त्यी कर्मचारीको हकमा भने सामान्य हेरफेर गर्ने तयारी कार्यालयले गरेको छ।
काठमाडौँमा हाल काठमाडौँ महानगरपालिका, शङ्खरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिका रहेका छन् जसमा काठमाडौँ महानगरपालिका र १० वटा नगरपालिकाका ६ सय ८७ मतदान केन्द्रमा कर्मचारी खटाइने निर्वाचन कार्यालयले जनाएको छ। रासस