PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

आइपीएल : पुनेको सातौँ जित, कोलकता ४ विकेटले पराजित



पहिलोपोस्ट

आइपीएल : पुनेको सातौँ जित, कोलकता ४ विकेटले पराजित

राहुल त्रिपाठीले ९३ रन बनाएपछि आइपीएलमा राइजिङ पुने सुपर जायन्ट्सले बुधबार कोलकता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ।

पुनेले १५५ रनको लक्ष्य अन्तिम ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो। जितपछि ११ खेलबाट १४ अंक जोडेको पुने अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ भने प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ। 

समान खेलबाट १६ अंकका साथ मुम्बई इन्डियन्स शीर्ष स्थानमा छ भने पुने समान १४ अंक रहेको कोलकता हारेपनि रनरेटको आधारमा दोस्रोमा छ। कोलकताको यो लगातार दोस्रो हार हो।

घरेलु मैदान एडेन गार्डेनमा टस हारेपछि पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। 

कोलकताका लागि मनिस पाण्डेले सर्वाधिक ३७, कोलिन डे ग्राण्डहोमले ३६ तथा सूर्यकुमार यादवले नटआउट ३० रन बनाए। बलिङमा पुनेका जयदेव उनादकाटले २ विकेट लए।

जवाफमा पुनेले १९.२ ओभरमा लक्ष्य पूरा गर्‌यो। पुनेका लागि राहुल त्रिपाठीले ५२ बलमा ९३ रन बनाए। अर्को छेबाट नियमित अन्तरमा विकेट झरेपनि त्रिपाठीले एक छेउबाट इनिङ्स सम्हालेका थिए। 

९३ मध्ये ७८ रन बाउण्ड्रीबाट जोडेका राहुलले ९ चौका र ७ छक्का प्रहार गरे। त्यसबाहेक बेन स्टोक्सले १४ तथा अजिन्का रहानेले ११ रन बनाए। कोलकताका क्रिस वेक्सले ३ विकेट झारेपनि जितका लागि पर्याप्त रहेन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell