PahiloPost

May 14, 2025 | १ जेठ २०८२

नयाँ शक्ति नेपालका नागार्जुन नगरपालिकाका उम्मेद्वार सम्पर्कबिहीन



पहिलोपोस्ट

नयाँ शक्ति नेपालका नागार्जुन नगरपालिकाका उम्मेद्वार सम्पर्कबिहीन

काठमाडौँ : नयाँ शक्ति नेपाल पार्टीका नागार्जुन नगरपालिकाका उम्मेद्वार मदन गिरी सम्पर्कबिहीन भएका छन्। नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार गिरी बुधबार साँझदेखि सम्पर्कबिहीन भएका हुन्। 

नयाँ शक्तिले भने आफ्ना उम्मेद्वारको अपहरण भएको दाबी गरेको छ।

बुधवार साँझ सवा सात बजेबाट गिरी सम्पर्कबिहीन भएको महानगरीय प्रहरी बृत स्वयम्भुका प्रमुख डिएसपी कोमल साहले पहिलोपोष्टलाई जानकारी दिए।

गिरीले सात बजेर १५ मिनेटमा प्रताप नाम गरेका उनका साथीको मोवाइलबाट म्यासेज गरेका थिए। गिरीले मलाई चार जनाले अपहरण गरेर बानेश्वरतिर लगेका छन् भनी म्यासेजमा उल्लेख गरेको प्रहरीले जनाएको छ। उनको म्यासेज आएपछि मोवाइल अफ भएको थियो। 

डिएसपी साहले भने ‘हामी खोजी गरिरहेका छौँ कुनै पत्तो लागेको छैन।’ गिरी चुनाव प्रचारप्रसारका क्रममा सवा सात बजेतिर नयाँ बजारमा थिए।
नयाँ शक्तिले गोरखाको भीमसेन गाउँपालिका वडा नं‍. ५ का वडाध्यक्षका उम्मेद्वारलाई पनि उम्मेद्वारी दिए ज्यान मार्ने धम्की दिइएको दाबी गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell