
गोन्जालो हिग्वेनले दुई गोल गरेपछि युभेन्ट्सले च्याम्पियन्लिग अन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा मोनाकोलाई २-० ले पराजित गरेको छ।
अवे मैदानमा जितपछि इटालियन जायन्ट युभेन्ट्सले घरेलु मैदानमा हुने दोस्रो लेगअघि २ गोलको अग्रता समेत बनाएको छ। युभेन्ट्सका लागि हिग्वेनले खेलको पहिलो र दोस्रो हाफमा एक/एक गोल गरे। हिग्वेनले २९औं र ५९औं मिनेटमा गोल गरे।
युभेन्टस र मोनाकोबीचको दोस्रो लेगको खेल आगामी बुधबार युभेन्टसको मैदानमा हुनेछ।