PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

महाभियोग अाज संसदमा पेस गर्ने तयारी, ‘एमालेले संसद् चल्न नदिने’



पहिलोपोस्ट

काठमाडौँ : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताएका छन्। संसद्को बैठक आज दिउँसो ३ बजे बस्दैछ। 

एमाले केन्द्रीय प्रचार विभागले आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारले चाहेको जस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो प्रस्ताव ल्याइनु गलत भएको बताए। 

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का दुईसय ४९ सांसद्ले यही वैशाख १७ गते सो प्रस्ताव संसदमा दर्ता गराएका थिए। 

उनले निर्वाचन सम्बन्धमा स्थानीय आवश्यकता र जितको सुनिश्चितता एवम् मुद्दाका आधारमा स्थानीय निर्वाचनमा तालमेल गरिएको पनि बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell