PahiloPost

May 14, 2025 | १ जेठ २०८२

युरोपा लिग : बट्राण्ड ट्राओरको दुई गोल, अयाक्स फाइनल नजिक



पहिलोपोस्ट

युरोपा लिग : बट्राण्ड ट्राओरको दुई गोल, अयाक्स फाइनल नजिक

बट्राण्ड ट्राओरको दुई गोल मद्दतमा डच क्लब अयाक्सले युरोपा लिगअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा लियोनलाई ४-१ ले पराजित गरेको छ।  तीन गोल अन्तरको जितसँगै अयाक्स फाइनल नजिक पुगेको छ।

२५औं मिनेटमा पहिलो गोल गर्दै अयाक्सका लागि अग्रता दिलाए ट्राओरले ७१औं मिनेटमा चौथो गोल गरे। क्यास्फर डवलवर्गले ३४औं र ४९औं मिनेटमा अमिन युनेस गोल गरे। फ्रान्सेली क्लब लियोनका लागि ६६औं माथिउ भलवुएलाने सान्त्वना गोल फर्काए। 

युरोपा लिग अन्तर्गत अर्कव सेमिफाइनलमा आज राती इंगलिस क्लब म्यानचेष्टर युनाइटे८ र स्पानिस क्लब सेल्टाभिगोबीच प्रतिस्पर्धा हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell