
काठमाडौँ : प्रमुख तीन दलको बैठक सिंहदरबारमा सुरु भएको छ। संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव र संविधान संशोधन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा बैठक बोलाइएको हो।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अहिले बैठक बसिरहेको छ। बैठकमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेता सहभागी छन्।
वैशाख १७ गते संविधान संशोधन विधेयक आवश्यक गणपुरक संख्या अपुग भएपछि अनितम समयमा रोकिएको थियो। संख्या अपुग भएपछि सत्तापक्ष दलको आग्रहमा सभामुख ओनसरी घर्तीले आजसम्मका लागि बैठक स्थगित गरेकी थिइन। तर, यसबीचमा महाभियोग प्रस्ताव र स्थानीय तह निर्वाचनको उम्मेद्वार मनोनयनका कारण दलबीचमा छलफल भएको छैन।
एमाले संविधान संशोधन पारित हुन नदिने पक्षमा छ। यस्तै प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छ।
एमालेले महाभियोग प्रस्ताव फिर्ता नलिए संसद् चल्न नदिने बताएको छ।
तस्विर : फाइल