PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

सुशीलाको महाभियोग प्रक्रिया रोक्न माग गरेको रिट चोलेन्द्रको इजलासमा



पहिलोपोस्ट

सुशीलाको महाभियोग प्रक्रिया रोक्न माग गरेको रिट चोलेन्द्रको इजलासमा

काठमाडौँ : प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा दायर रिट न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेसी तोकिएको छ। महाभियोगको छलफलको प्रक्रिया अघि बढाइनु संविधान विपरित हुने भन्दै अधिवक्ता सुनील रञ्जन सिंहले बुधबार रिट दर्ता गरेका थिए।

निवेदन पेसी सूचीको ‘ध’ नम्बरमा परेको छ। अन्तिमबाट तेस्रोमा निवेदनको पेसी तोकिएको छ।

अदालतमा विचाराधीन विषयमा संसदमा छलफल समेत हुन नसक्ने संवैधानिक व्यवस्था विपरीत महाभियोग दर्ता भएकाले छलफलको प्रक्रिया नै रोक्न निवेदकको माग छ। यस्तै, निवेदकले महाभियोगमा लिइएको आधार र कारणहरु संविधानको धारा १०१ अनुसार पुष्टि हुन नसक्ने भएकाले प्रस्तावको सबै प्रक्रिया रोक्न पनि माग गरेका छन्। 

वैशाख १७ गते सत्तारुढ दुई दलका २४९ सांसद्को हस्ताक्षरमा प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता भएको थियो। प्रस्ताव बिहीबार संसदमा पेस गर्ने कार्यसूची छ।   


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell